'भ्रष्टाचार गर्दिनँ, गर्न दिन्नँ र भ्रष्टाचारीका बिरुद्ध बोल्दामुखमा पानी हालेर बोल्दिनँ’ - दर्पण संसार

'भ्रष्टाचार गर्दिनँ, गर्न दिन्नँ र भ्रष्टाचारीका बिरुद्ध बोल्दामुखमा पानी हालेर बोल्दिनँ’

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले कोरोनाविरुद्ध सरकारले चालेका कदम उराठलाग्दो नभएको दाबी गरेका छन् ।

कोरोना महामारीका कारण विश्वका अधिकांश देशमा अर्थतन्त्रको सूचक नकारात्मक हुँदा पनि नेपालको अर्थतन्त्र सकारात्मक नै रहेको प्रधानमन्त्री ओलीले बताए ।

ओलीले छैटौं संविधान दिवस तथा राष्ट्रिय दिवसका अवसरमा देशबासीमा शुभकामना व्यक्त गर्दै टुँडिखेलमा आयोजित विशेष कार्यक्रममा सम्बोधन गर्नुहुँदै उक्त कुरा बताएका हुन ।

प्रधानमन्त्री ओलीले लिपुलेक–लिम्पियाधुरासहितको भूभाग समेटेर नयाँ नक्सा सार्वजनिक गरेबाट सार्वभौमसत्ताको सुरक्षाका लागि सरकारको प्रतिवद्धतालाई कार्यान्वयन गरेर देखाएको बताए ।

कोरोना महामारीको अवस्था नआएको भए ठूला आयोजनाहरु पूरा हुनेक्रममा हुने थिए भन्दै प्रधानमन्त्री ओलीले तर पनि विकास आयोजनाका कामहरुलाई निरन्तरता दिइएको जानकारी दिए ।

प्रधानमन्त्री ओलीले कोरोना महामारीकाबीच पनि समग्र आर्थिक सूचकहरु नकारात्मक नभएको उल्लेख गरे ।

त्यस्तै ओलीले सुशासन र पारदर्शिता विकासको अत्यावश्यक शर्त हो भन्दै अख्तियारको दुरुपयोग, भ्रष्टाचार र अनियमितता नियन्त्रण चुनौतिपूर्ण रहेको बताए ।

उनले भने,, मैले पटकपटक भन्दै आएको छु– ‘भ्रष्टाचार गर्दिनँ, गर्न दिन्नँ र भ्रष्टाचारीका बिरुद्ध बोल्दामुखमा पानी हालेर बोल्दिनँ ।’

भ्रष्टाचार बिरुद्धको सरकारको यस अभियानमा हाम्रा नियामक निकायहरुले यस अवधिमा महत्वपूर्ण भूमिका निर्वाह गरेको उल्लेख गरे ।

प्रतिक्रिया दिनुहोस्