बेलायतबाट नेपाल फर्केका आमा–छोरालाई कोरोना भएको पुष्टि : बुहारीको रिपोर्ट आउन बाँकी - दर्पण संसार

बेलायतबाट नेपाल फर्केका आमा–छोरालाई कोरोना भएको पुष्टि : बुहारीको रिपोर्ट आउन बाँकी

काठमाडौं । काठमाडौंको सनसिटी अपार्टमेन्टमा बस्दै आएका तीन जनामध्ये दुई जनालाई कोरोना भाइरसको संक्रमण भएको पुष्टि भएको छ ।

स्वास्थ्य मन्त्रालय स्रोतका अनुसार तीन जनाको स्वाब परीक्षण गरिएकामा दुई जनालाई कोरोना पोजिटिभ देखिएको हो । एक जनाको रिपोर्ट भने साँझसम्म आउने बताइएको छ । एकै परिवारका तीनमध्ये आमा र छोरालाई पोजेटिभ देखिँदा बुहारीलाई भने पुनः परीक्षण गरिने जनाइएको छ ।

यसअघि सोमबार उनीहरुको र्यापिड टेष्ट गर्दा तीनै जनामा पोजेटिभ देखिएको थियो ।

बेलायतबाट फर्केर काठमाडौंको पेप्सिकोलास्थित सनसिटी अपार्टमेन्टमा बसेका उनीहरुको र्यापिड टेस्ट पोजेटिभ देखिएपछि सोमबार साँझ पाटन अस्पतालको आइसोलेसनमा लगिएको थियो ।

एकै परिवारका उनीहरु चैत ५ गते आए पनि घरमै बसिरहेका थिए । पछिल्ला दिनहरुमा उनीहरु बाहिर देखिएका थिए । छिमेकीले भनेपछि उनीहरु परीक्षणका लागि आफै गएका थिए । सोमबार साँझदेखि सनसिटीमा सीलबन्दी गरिएको छ ।

दुई जनामा कोरोना पोजेटिभ देखिएपछि मंगलबार दिउँसो प्रहरीले माइकिङ गर्दै कोटेश्वरदेखिकै क्षेत्रलाई सील गर्न सक्नेबारे छलफल भइरहेको बुझिएको छ ।अहिलेसम्म नेपालमा कोरोना संक्रमितको संख्या १६ पुगेको छ ।

प्रतिक्रिया दिनुहोस्