बिहिबारबाट काठमाडौं उपत्यकामा सुपथ मुल्य पसल खुल्दै - दर्पण संसार

बिहिबारबाट काठमाडौं उपत्यकामा सुपथ मुल्य पसल खुल्दै

चिनी किलोको ७० रुपैया, घ्यु प्रतिलिटर ८ सय ७०

काठमाडौं / सरकारले चाडपर्वलाई लक्षित गरेर काठमाडौं उपत्यकामा सुपथ मुल्य पसल संचालन गर्दै छ ।

सुपथ मुल्य पसल कालीमाटी, टेकु, कोटेश्वर, सिंहदरबार, सतुंगल, ललितपुर, थापाथली, नख्खु, प्रयागपोखरी, जाउलाखेल तथा भक्तपुरमा खुल्नेछन ।

बिहिबारबाट संचालनमा आउने सुपथ मूल्य पसलमा चिनी प्रतिकिलो ७० रुपैयाँमा पाइने छ । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका अनुसार प्रति परिवार ४ किलोको दरले चिनी दिइने छ ।

यस्तै नुन १८ रुपैयाँ प्रतिकिलोमा तथा प्रति परिवार ४ किलो नै पाइने छ । यस्तै घ्यु प्रतिलिटर ८ सय ७० रुपैयाँ, चामलमा किलोमा ५ रुपैयाँ, खसीबोका तथा च्यांग्रामा १०, दालमा ५, गेडागुडीमा १०, फापर तथा केराउमा ५ रुपैयाँ प्रतिकिलो छुट पाइने छ ।

यसैयरी घुम्ती सेवा पसल, र अनलाइन मार्फत् उपत्यकाका ४९ स्थान र दुग्ध विकास संस्थानका केही आउटलेटमार्फत् अत्यावश्यक सामाग्री सुपथ मूल्यमा पाइने मन्त्रालयले जनाएको छ ।

सुपथ मूल्य पसल खाद्य व्यवस्था तथा आपूर्ति कम्पनीको नेतृत्वमा साल्ट ट्रेडिङ कर्पोरेसन तथा दुग्ध विकास संस्थानको सहयोगमा संचालन हुनेछन ।

सुपथ मूल्य पसल छठको भोलिपल्टसम्म खुल्नेछन् ।

"

प्रतिक्रिया दिनुहोस्