प्रहरीबाट भएको कुटपिटको छानविन गर्न बन्यो समिति - दर्पण संसार

प्रहरीबाट भएको कुटपिटको छानविन गर्न बन्यो समिति

काठमाडौं  / कुलमान घिसिङलाई विद्युत प्राधिकरणमा पुनर्नियुक्तिको माग राख्दै शान्तिपूणर् प्रदर्शनमा सहभागि भएकाहरुमाथी प्रहरीबाट भएको निर्मम आक्रमणको छानविन हुने भएको छ ।

बिहिबार र शुक्रबार प्रदर्शनमा सहभागी भएका बब्लु गुप्ता र मनिष श्रेष्ठमाथि प्रहरीले निर्ममतापूर्वक आक्रमण गरेको थियो । सो घटनाको चौतर्फि बिरोध भएपछि महनगरीय प्रहरी कार्यालयले छाविन गर्न समिति बनाएको हो ।

प्रहरी बरिष्ठ उपरिक्षक (एसएसपी) किरण बज्राचार्यको नेतृत्वमा बनाइएको समितिमा प्रहरी नायब उपरीक्षक (डीएसपी) भावेश रिमाल र इन्सपेक्टर विष्णु प्रदिप बस्याल सदस्य छन । समितिलाई घटनाको सत्यतथ्य बुझि प्रतिवेदन बुझाउन ५ दिनको समय दिइएको छ ।

गत बिहीबार माइतिघर मण्डलातर्फ जाँदै गर्दा हन्ड्रेड (१००) ग्रुपका बब्लुलाई प्रहरी निरीक्षक केशर न्यौपाने नेतृत्वको टोलीले निर्ममतापूर्वक लाठी र बुटले कुटेका थिए ।

त्यस्तै शुक्रवार बिजुलीजार पुलमा अनामनगरका मनिष श्रेष्ठलाई प्रहरीले निर्घात कुटपिट गरेका थिए । प्रहरीको कुटाइबाट घाइते भएका उनको रक्ताम्मे फोटो तथा भिडियो सामाजिक संजामा छाएको थियो । श्रेष्ठको ट्रमा सेन्टरमा उपचार भइरहेको छ ।

घटना बारे छानविन गर्न महानगरीय प्रहरी कार्यालय रानीपोखरीलाई प्रहरी प्रधान कार्यालयले निर्देशन दिएको थियो ।

प्रतिक्रिया दिनुहोस्