प्रधानमन्त्री ओली र समीक्षा संग्रौलाबीचको नाता स्पष्ट पार्न आग्रह - दर्पण संसार

प्रधानमन्त्री ओली र समीक्षा संग्रौलाबीचको नाता स्पष्ट पार्न आग्रह

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीलाई मिर्गौला प्रदान गर्ने समीक्षा संग्रौला र ओलीबीचको नाता स्पष्ट पार्न त्रिवि शिक्षण अस्पताललाई लिखित आग्रह गरिएको छ ।

वरिष्ठ अधिवक्ता बालकृष्ण न्यौपाने र वरिष्ठ अधिवक्ता डा. सुरेन्द्र भण्डारीले अस्पताललाई पठाएको पत्रमा मिर्गौला लिने र दिनेबीचको ऐनले मिर्गौला दिन मिल्नेगरी व्यवस्था गरेबमोजिमको एकाघरको नभएको जिकिर गरिएको छ ।

मानव शरीरको अंग प्रत्यारोपणसम्बन्धी कानुनले गरेको व्यवस्थाबमोजिम निषेध गरिएको व्यक्तिको मिर्गौला प्रधानमन्त्रीले ग्रहण गरेको दाबी पनि उनीहरुले गरेका छन् ।

समीक्षा संग्रौला प्रधानमन्त्री ओलीकी आफ्नै भान्जी नभएको र कानुनविपरीत मिर्गौला लिने–दिने काम भएको दाबी पनि गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्