प्रतिमा शेर्पा एसियाका प्रभावशाली व्यक्तिको सूचीमा - दर्पण संसार

प्रतिमा शेर्पा एसियाका प्रभावशाली व्यक्तिको सूचीमा

काठमाडौं । नेपाली महिला गल्फर प्रतिमा शेर्पा फोब्र्सले निकालेको एसियाका प्रभावशाली व्यक्तिको सूचीमा परेकी छिन् ।

फोब्र्सले सार्वजनिक गरेको एसियाका ३० वर्षमुनिका ३० प्रभावशाली व्यक्तिको सूचीमा प्रतिमा अटाएकी हुन् ।

प्रतिमा इन्टरटेन्मेन्ट तथा स्पोर्ट्स विधामा सूचीकृत भएकी हुन् । प्रतिमा हाल पढाई र गल्फको प्रशिक्षणका लागि अमेरिकामा रहेकी छिन् ।

सान्टा बारबार सिटीमा पढिरहेकी प्रतिमा नेपालको नम्बर एक महिला गल्फर हुन् । उनको लक्ष्य नेपालको पहिलो महिला प्रोफेसनल गल्फर बन्ने रहेको छ ।

सूचीमा प्रतिमासहित नेपालका ६ जना अटाएका छन् । प्रतिमाबाहेक अन्य सबै युवा उद्यमी हुन् ।

सूचीमा निकिता आचार्य, किरण तिम्सिना, शुभांगी राणा, जेसलिना राणा र रोहित तिवारी परेका छन् ।

प्रतिक्रिया दिनुहोस्