पाँचथर समाजको अन्तर्राष्ट्रिय समन्वय समितिको संयोजकमा खुशी लिम्बु - दर्पण संसार

पाँचथर समाजको अन्तर्राष्ट्रिय समन्वय समितिको संयोजकमा खुशी लिम्बु

काठमाण्डौं । पाँचथर समाज नेपालले पाँचथर समाज यूकेका पूर्व महासचिव खुशी लिम्बूलाई अन्तर्राष्ट्रिय समन्वय समितिको संयोजकमा खुशी लिम्बूलाई चयन गरिएको छ । मात्रृभूमि नेपाल र आफ्नो उद्गम स्थल पाँचथर जिल्लाको विकास र पहिचानको लागि विश्वभर रहेका सबै पाँचथरे जनहरुलाई संगठित गर्ने जिम्मेवारी उनलाई समाजले दिएको हो । 

 

गत असोज ६ गते काठमाण्डौंमा सम्पन्न अधिवेशनबाट निर्वाचित कार्यसमितिले उनको संयोजकत्वमा प्रेम कार्की, बिमला लिम्बू, राजीव लिङदेन र नेत्र योङया सहितको एक अन्तरर्राष्ट्रिय समन्वय समिति बनाएको हो ।

 

अमेरिका, युरोप, मध्यपूर्व र खाडी राष्ट्रहरु, एशिया प्यासिफ र अस्ट्रेलिया गरी विश्वका सबै क्षेत्रमा रहेका पाँचथर समाज र पाँचथरेहरुसंग समन्वय गर्ने क्रममा समन्वय समितिमा ब्यापक विस्तार हुने कुरा संयोजक खुशी लिम्बूले दर्पणसंसार डट कमलाई बताए ।

"

प्रतिक्रिया दिनुहोस्