परदेशबाट दुर्गाको मनछुने गीत : ‘दुई चार साल पर्ख है सानु’(भिडियो) - दर्पण संसार

परदेशबाट दुर्गाको मनछुने गीत : ‘दुई चार साल पर्ख है सानु’(भिडियो)

काठमाडौं । ‘दुई चार साल पर्ख है सानु’ बोलको गीतको भिडियो बजारमा आएको छ ।

परदेशमा बसेर पनि गीत लेखनमा कलम चलाउँदै आएका गीतकार दुर्गा प्रसाद कडरीयाको अती नै मन छुने गीत बजारमा आए लगत्तै राम्रो प्रतिक्रिया पायरहेको छ ।

युएइमा कार्यरत गीतकार कडरीयाको गीतमा सङ्गीत र स्वर भर्ने काम सङ्गीतकार सीएल शर्माले गरेका छन् ।

प्रसिद्ध एरेन्जर साहश शाक्यको म्युजिक एरेन्ज रहेको गीतलाई गुन्जन रेकर्डिङ स्टुडियोमा रेकर्डिङ गरिएको हो ।

छोटो समयमा नै धेरै दर्शक स्रोताहरुको मन जित्न सफल यो गीतले राम्रो प्रतिक्रिया पाउनेमा विश्वस्त रहेको गायक तथा सङ्गीतकार सीएल शर्माले बताए ।

<iframe width="560" height="315" src="https://www.youtube.com/embed/-vClUsZozas" frameborder="0" allow="accelerometer; autoplay; encrypted-media; gyroscope; picture-in-picture" allowfullscreen></iframe>

https://www.youtube.com/watch?v=-vClUsZozas&feature=emb_logo

 

 

"

प्रतिक्रिया दिनुहोस्