पत्रकार परियार अमेरिकामा सम्मानित - दर्पण संसार

पत्रकार परियार अमेरिकामा सम्मानित

काठमाडौं / पत्रकार दीपक परियार अमेरिकामा ब्रुकलिन साइटेसनबाट सम्मानित भएका छन् । उनलाई ब्रुकलिन सिटीका सभामुख एरिक एडम्सले साईटेसनद्वारा सम्मान गरेका हुन् ।

पत्रकारिता मार्फत समाजलाई दुई दशक लामो योगदान दिए बापत उनलाई सम्मान गरिएको हो । साहित्य, पत्रकारिता, सामाजिक र सांस्कृतिक विभिन्न क्षेत्रमा काम गर्ने व्यक्तिहरुलाई सो अवार्डबाट सम्मान गर्ने गरिन्छ ।

सभामुख एरिक एडम्सले साइटेसनमा भनेका छन्, ‘दक्षिण एसियाली समुदायमा सम्मानित बहुआयामिक पत्रकार परियारलाई म, सबै ब्रुकलिनिटहरुको तर्फबाट अभिवादन गर्छु । सर्वसाधरणको आवश्यकता राम्ररी बुझ्नका लागि स्वतन्त्र रुपमा र विभिन्न विषयको अनुसन्धान मार्फत समाज आधारित अनुसन्धान गर्ने उनको अनुभवको उच्च मुल्याङ्कन गर्दछु । ’

परियारले सम्मानले पत्रकारिता मार्फत सामाजिक अभियानमा थप सफलता मिलेको बताए । अमेरिकामै रहेका लेखक एवं पत्रकार राजन थपलिया भन्छन्, ‘उनको सम्मानले नेपाली समुदायलाई थप हौसला प्रदान गरेको छ ।’

"

प्रतिक्रिया दिनुहोस्