नेपालमा कोभिड-१९ संक्रमणबाट थप एक जनाको मृत्यु, मृतकको संख्या २ पुग्यो - दर्पण संसार

नेपालमा कोभिड-१९ संक्रमणबाट थप एक जनाको मृत्यु, मृतकको संख्या २ पुग्यो

काठमाडौं । नेपालमा कोरोनाबाट थप एक जनाको मृत्यु भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा विकास देवकोटाका अनुसार बाँकेका २५ वर्षीय युवाको कोरोनाभाइरस संक्रमणबाट मृत्यु भएको हो । बाँकेको नरैनापुर–५ का उनी वैशाख ३० गते भारतबाट आएपछि क्वारेन्टाइनमा बस्दै आएका थिए ।

गएराति उनको स्वास्थ्यमा समस्या देखिएकोमा आज बिहान ६ बजेर ४० मिनेटमा उनको क्वारेन्टाइनमै मृत्यु भएको देवकोटाले बताए । कोरोना परीक्षणका लागि उनको स्वाब लिइएकोमा नतिजा पोजेटिभ आएको देवकोटाले बताए ।

योसँगै देशमा कोरोना संक्रमणबाट दुई जनाको मृत्यु भएको पुष्टि भएको छ । यसअघि सिन्धुपाल्चोककी २९ वर्षीया महिलाको मृत्यु भएको थियो ।

"

प्रतिक्रिया दिनुहोस्