नेपालका लागि पूर्वबेलायती राजदूत रिचर्ड मोरिसको शव एलिस हल्ट जंगलमा फेला - दर्पण संसार

नेपालका लागि पूर्वबेलायती राजदूत रिचर्ड मोरिसको शव एलिस हल्ट जंगलमा फेला

काठमाडौं । करिब चार महिनादेखि बेपत्ता भएका नेपालका लागि पूर्व बेलायती राजदूत रिचर्ड मोरिसको शव फेला बेलायतको एक जंगलमा फेला परेको छ ।

मर्निङ वाककै क्रममा गत मे ६ तारिखदेखि बेपत्ता रहेका मोरिसको शव ह्याम्पसायरस्थित एलिस हल्ट जंगलमा फेला परेको प्रहरीले जनाएको छ ।

मर्निङ वाककै क्रममा उक्त जंगलमा मोरिस दौडने गरेको बुझिएको छ ।

मोरिस नेपालका लागि बेलायती राजदूतको रुपमा सन् २०१६ देखि ४ वर्ष कार्यकाल पूरा गरेर सन् २०१९ मा बेलायत फर्किएका थिए ।

नेपालपछि बेलायत सरकारले मोरिस्लाई फिजीमा ब्रिटिश हाइ कमिश्नरको रुपमा नियुक्त गरिएको थियो ।

हाल उनी फिजीका लागि बेलायती हाइ कमिश्नरका रुपमा जाने क्रममा थिए ।

तर आफनो कार्याकाल सम्हाल्नु अघि नै उनी बेपत्ता भएका हुन । उनको मृत्युबारे अनुसन्धान सुरु भएको छ । (एजेन्सी)

 

प्रतिक्रिया दिनुहोस्