दिलमाया फाउण्डेसनद्धारा एक लाख रुपैयाँको बार्षिक पुरस्कार स्थापनाः आवेदनका लागि आब्ह्वान - दर्पण संसार

दिलमाया फाउण्डेसनद्धारा एक लाख रुपैयाँको बार्षिक पुरस्कार स्थापनाः आवेदनका लागि आब्ह्वान

दिलमाया मेमोरियल फाउण्डेसनले युवा सामाजिक अभियन्ताहरुलाई प्रोत्साहन दिने उद्देश्यले एक लाख रुपैयाँ बराबरको बार्षिक पुरस्कार घोषणा गरेको छ । 

 

आफ्नो समाजको विकास, समृद्दी, न्याय र सशक्तिकरणका लागि प्रभावकारी योगदान पु्ुर्याउँदै आउने युवाहरुको सार्वजनिक प्रोफाइललाई माथि उकास्न सहयोग गर्नु 'दिलमाया युथ इन्फ्लुएन्सियल अवार्ड' स्थापनाको प्रमुख उद्देश्य भएको फाउण्डेसनद्धारा गत अक्टोबर १६ जारी विज्ञप्तिमा जनाइएको छ । 

 

"समाजलाई सशक्तिकरण गर्नमा उदाहरणीय भूमिका खेल्ने युवा सम्भावनाहरुलाई पुरस्कृत गर्ने भन्ने हाम्रो लामो समयदेखिको सपना अब साकार भएको छ" - फाउण्डेसनका संस्थापक तथा अध्यक्ष खुशी लिम्बूद्धारा प्रेशित विज्ञप्तिमा भनिएको छ । 

 

देश–विदेशमा रहेका उमेर १५ देखि ३५ बर्षसम्मका पेशेवर तथा स्वयंसेवक युवा अभियन्ताहरुलाई आवदेनका लागि फाउण्डेसनले आब्हान गरेको छ । 

 

विजेताले लण्डनमा हरेक बर्ष आयोजना गरिने पुरस्कार समारोहमा ट्रफी, प्रमाणपत्र र ६६६ पाउण्ड स्टर्लिङ बराबरको नगद प्राप्त गर्नेछ । 

 

विकासशील राष्ट्रहरुमा शैक्षिक तथा स्वाथ्यका पूर्वाधारहरुको विकास गर्न सहयोग पुर्याउने उद्देश्य सन् २०१७ मा बेलायतमा स्थापित दिलमाया फाउण्डसनले हालसम्ममा १५ लाख रुपैयाँभन्दा बढी सहयोग नेपाल पठाइसकेको छ ।

प्रतिक्रिया दिनुहोस्