दशैं सुरक्षा - दर्पण संसार

दशैं सुरक्षा

काठमाडौंमा ३७ सय प्रहरी खटाइदैं, कुकुरबाट पनि गस्ती

काठमाडौं / महानगरीय प्रहरी परिसर दशैं सुरक्षाका लागि काठमाडौंमा ३ हजार ७ सय ७ जना प्रहरीलाई खटाउने भएको छ ।

काठमाडौंमा विशेष तलिम प्राप्त कुकर समेत दशैं सुरक्षका लागि परिचालन गरिदैं छ ।

सादा पोसाक, रात्रीकालिन गस्ती, एम्बुस ड्युटी, एरिया सर्च, सवारी गस्ति, सेफ्टी पिन गस्ती, पैदल गस्ति, क्युआरटी गस्ति गरी नेपाल प्रहरी तर्फबाट काठमाडौंमा ३ हजार ७ सय ७ जना प्रहरी दशैं सुरक्षाका लागि खटिदै छन ।

महानगरीय प्रहरी परिसर काठमाडौंका प्रमुख एसएसपी श्यामलाल ज्ञवालीले दशैं सुरक्षाका लागि ३ हजार ७ सय ७ जना प्रहरीलाई खटाउने तयारी भएको र बसपार्क क्षेत्र सहित बढी भीडभाड हुने क्षेत्रहरुमा परिचालन समेत गरिसकिएको जानकारी दिए ।

उनका अनुसार नागढुंगा, कलंकी, स्वयम्भु, माछापोखरी, नयाँ बसपार्क, चावहिल, गौशाला, कोटेश्वर, बल्खु, दक्षिणकाली, सुन्धारा, पुरानो बसपार्कलगायतका ठाउँमा रखिएका यात्रु सहायता कक्षहरुमा साद पोसाकमा समेत गस्ती टोली खटाइएको छ ।

सादा पोसाकमा मात्रै ३८ टोली परिचालन गरिएको छ । यस्तै क्युआरटी टोली ९६ वटा मोटरसाइकलमा परिचालन गर्ने तयारी छ भने २४ मोबाइल गस्ती तथा ६० टोलीले पैदल गस्ति गर्नेछन ।

प्रतिक्रिया दिनुहोस्