दशैंमा नयाँ नोट नपाइने - दर्पण संसार

दशैंमा नयाँ नोट नपाइने

काठमाडौं / नेपाल राष्ट्र बैंकले यो वर्ष दशैंको अवसरमा नयाँ नोट वितरण नगर्ने भएको छ ।

नेपाल राष्ट्र बैंक, मुद्रा व्यवस्थापन विभागले आइतबार सूचना जारी गर्दै यस वर्षको दशैंमा नयाँ नोट वितरण नगरिने जनाएको हो ।

बैंकले हरेक वर्ष दशैंमा सर्वसाधारणका लागि साना दरका नयाँ नोटको सटही व्यवस्थापन गर्दै आएको थियो ।

तर, यस पटक भने विश्वमहामारीका रुपमा रहेको कोभिड १९ को संक्रमण नेपालमा समेत तीव्र गतिमा बढ्दै गएका कारण नयाँ नोट वितरण नगरिने जनाएको हो ।

नेपाल राष्ट्र बैंक, अन्य बैंक तथा वित्तीय संस्थाका कर्मचारीमा समेत संक्रमण बढेको भन्दै नयाँ नोट सटहीका कारण अझ बढी भिडभाड हुने भएकाले नेपाल राष्ट्र बैंकका कुनै पनि कार्यालयबाट नयाँ नोट वितरण नहुने जारी सुचनामा भनिएको छ ।

नयाँ नोट वितरण नहुँदा सर्वसाधारणमा पर्ने असुविधाप्रति सुचनामार्फत क्षमा समेत मागिएको छ ।

प्रतिक्रिया दिनुहोस्