डिआइजी पोखरेलको एक्सन: कालोबजारी गर्नेलाई तुरुन्त पक्राउ - दर्पण संसार

डिआइजी पोखरेलको एक्सन: कालोबजारी गर्नेलाई तुरुन्त पक्राउ

काठमाडौं । महानगरीय प्रहरी कार्यालका प्रमुख विश्वराज पोखरेलले उपत्यकाका सबै बृत र प्रभागहरुलाइ पेट्रोलियम पदार्थसहित अतिआवश्यक वस्तुको अभाव सृजना गर्नेलाई तुरुन्त पक्राउ गर्न निर्देशन दिएका छन् ।

डिआइजी पोखरेलले मंगलबार उपत्यकाका तिनै जिल्ला काठमाडौ, भक्तपुर र ललितपुरका बृत्त र प्रभाग प्रमुखहरुलाइ पेट्रोलियम पदार्थ, एलपि ग्यास डिपो, मास्क उत्पादनकर्ता, सेनिटाइजर उत्पादनकर्ता र विक्रीकर्ता कोही कसैले सो सामान बिक्रीवितरण नगरेर लुकाएको पाइए तत्काल पक्राउ गरी कालोबजारी ऐनअन्तर्गत कारवाहीको दायरामा ल्याउन निर्देशन गरेका हुन् ।

डिआइजी पोखरेलले भने, ‘मैंले सबै बृत्त र प्रभाग प्रमुखहरुलाइ कृतिम अभाव सृजना गर्नेलाइ पक्राउ गर्न निर्देशन दिएको छु, प्रहरीले अब के कति उत्पादन भयो, के कति आयात र विक्री गरियो सबै रेकर्ड खोज्छ ।’ डिआइजी पोखरेलका अनुसार मंगलवार दिउँसो बाट नै मातहतका निकायबाट सम्बन्धित क्षेत्रमा प्रहरीलाइ निगरानीका लागि परिचालन गरिएको छ ।

प्रहरीले उपत्यकामा शनिबारदेखि सोमबारसम्म गरेको अपरेसनका क्रममा लुकाएर राखिएका १० लाख मास्क बरामद गरेको छ भने १६ जना पक्राउ परिसकेका छन । महान्यायाधिवक्ता को कार्यालयले प्रहरीले बरामद गरेको मास्क बिक्री बितरण गर्न प्रहरीलाइ निर्देशन दिइसकेको छ ।

महानगरिय प्रहरी कार्यालयको निर्देशनपछि उपत्यकामा रहेका पेट्रोल पम्पहरुबाट पेट्रोलियम पदार्थको बिक्रीवितरण समेत सुरु गरेको पाइएको छ । विक्री बितरण गर्दा समानता कायम नगरिए तथा एकपक्षीय रुपमा वितरण गरिएको पाइए समेत त्यस्ता ब्यापारीहरुलाइ कार्वाहीको दायरामा ल्याइने प्रहरीले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्