डा. गोबिन्द केसी फेरी अनसनमा - दर्पण संसार

डा. गोबिन्द केसी फेरी अनसनमा

के के छन माग ?

काठमाडौं / चिकित्सा शिक्षा सुधारको ६ बुँदे माग सहित डा. गोविन्द केसीले फेरी अनसन सुरु गरेका छन ।
डा. केसीले सोमबार जुम्लामा अनशन सुरु गरेका हुन ।

उनले राखेका ६ बुँदे मागमा कणर्ाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा एमबीबीएस कार्यक्रम सुरु गर्नुपर्ने, पीसीआर परिक्षण व्यापक बनाएर निषेधाज्ञा र लकडाउन अन्त्य गर्नुपर्ने, राज्य लक्ष्मी गोल्छा घुस काण्ड, आयल निगम जग्गा खरिद काण्ड, वाइड बडी काण्ड, सेक्युरिटी प्रेस खरिद काण्ड, दरबारमार्गको जग्गा काण्ड, ओम्नी समुहको औषधि खरिद काण्ड लगायत सबै ठूला भ्रष्टाचार काण्ड र बालुवाटार जग्गा काण्डका दोषीलाई कानुन बमोजिम छानविन र कारवाही गर्न भनिएको छ ।

यी विभिन्न प्रकरणका दोषीलाई कारवाही नगरेर सत्ताको इशारामा उन्मुक्ति दिएको भन्दै केसीले अख्तियारका बहालवाला तथा सेवा निवृत्त आयुक्तहरुमाथि पनि कानुन बमोजिम छानविन र महाभियोगलगायतका कारवाही गर्न माग गरेका छन् ।

अख्तियारका आयुक्त र अन्य भ्रष्टाचार काण्डमा मुछिएकाहरुमाथि सम्पत्ति शुद्धिकरणको छानबिन गर्न पनि केसीले माग गरेका हुन ।

केसीले महामारीको समयमा पनि राज्य सञ्चालकहरु भ्रष्टाचारमा लिप्त रहेको आरोप लगाएका छन् ।

प्रतिक्रिया दिनुहोस्