जोखिमयुक्त बस्तीलाई सुरक्षित स्थानमा सार्नु : राष्ट्रपति - दर्पण संसार

जोखिमयुक्त बस्तीलाई सुरक्षित स्थानमा सार्नु : राष्ट्रपति

काठमाडौं / राष्ट्रपति विद्यादेवी भण्डारीले जोखिमयुक्त बस्तीलाई सुरक्षित स्थानमा स्थानान्तरण गर्ने तर्फ ध्यान दिन सम्वन्धित निकायलाई निर्देशन दिएकी छन ।

बारम्बारको पहिरोबाट जनधनको क्षती भइरहेको सन्दर्भमा राष्ट्रपतिले यस्तो निर्देशन दिएकी हुन ।

‘भौगोलिक संवेदनशीलताको अध्ययन गरी जोखिमयुक्त वस्ती सुरक्षीत क्षेत्रमा स्थानान्तरण गर्न सम्बद्ध पक्षको ध्यानाकर्षण गर्दछु ।’ राष्ट्रपति भण्डारीले आइतबार साँझ सामाजिक संजालमार्फत सम्वन्धित पक्षको ध्यानाकर्षण गराउँदै भनेकी छन ।

उनले २०७२ सालको भूकम्पबाट देशका विभिन्न भाग थङ्थिलो बनेकामा सिन्धुपाल्चोक लगातार पहिरोको जोखिममा परिरहेको भन्दै त्यहाँ फेरि पहिरोबाट जनधनको क्षति भएकोमा दुःखी भएको बताएकी छन ।

सिन्धुपाल्चोकको बाह्रबिसे नगरपालिकाका नागपुजे र भिरखर्चमा शनिबार राती पहिरोले ठूलो जनधनको क्षती गरेको थियो ।

गृह मन्त्रालयका अनुसार गत बैशाख यता बाढी पहिरो र चट्याङबाट ३ सय ५० जना भन्दा बढीको ज्यान गईसको छ ।

प्रतिक्रिया दिनुहोस्