चीनसँग सिमा विवाद नरहेको नेपालको दाबी - दर्पण संसार

चीनसँग सिमा विवाद नरहेको नेपालको दाबी

काठमाडौं । परराष्ट्र मन्त्रालयले भने चीनसँग कुनै पनि विवाद नरहेको दाबी गरेको छ ।

मन्त्रालयले बिहीबार प्रेस विज्ञप्ती जारी गर्दै चीनसंग सिमा विवाद सम्बन्धि समाचारप्रति ध्यानाकर्षण भएको भन्दै नेपाल र चीनबीच सिमा विवाद नरहेको र सन् १९६१ अक्टुबर ५ को सन्धी अनुसार नै सीमा व्यवस्थापन भईरहेको जनाएको हो ।

कृषी तथा पशुपंक्षी विकास मन्त्रालयबाट जारी रिपोर्टको आधारमा समाचार प्रकाशित भएको भन्दै परराष्ट्र मन्त्रालयले उक्त रिपोर्ट नै अस्तित्वमा नरहेको दाबी पनि गरेको छ ।

३७ र ३८ नम्बरको सिमा स्तम्भ पनि नभत्किएको पनि मन्त्रालयको दाबी गरेको छ । नेपाल-चीनबीचको सीमा सन् १९६१ अक्टोबर ५ को सीमा सन्धिअनुसार निर्धारित गरिएको छ ।

त्यसपछिको समझदारीपत्रमा दुवै मुलुकले हस्ताक्षर गरेका थिए,ु विज्ञप्तिमा भनिएको छ, समाचारहरूमा उल्लेख भएअनुसार हराइरहेका भनिएका चीनसँगको सीमाका स्तम्भ नम्बर ३७ र ३८ प्राकृतिक कठिनाइका कारण निर्माण नै गरिएका थिएनन् ।’


कुनै सीमा समस्या देखिएमा दुवै मुलुकका सम्बन्धित निकायबीच आपसी सहमतिमा नै सल्टाउने पनि परराष्ट्र मन्त्रालयले जनाएको छ ।

दुई देशबीचको आपसी सम्बन्धमा खलल पुर्‍याउने सीमाजस्तो संवेदनशील विषयमा सूचना पुष्टि गरेर मात्र प्रकाशन प्रशारण गर्न पनि मन्त्रालयले आग्रह गरेको छ ।

प्रतिक्रिया दिनुहोस्