चीनमा ८५ वर्ष पुरानो पाँच तले भवन उचालेर अर्को स्थानमा सारियो - दर्पण संसार

चीनमा ८५ वर्ष पुरानो पाँच तले भवन उचालेर अर्को स्थानमा सारियो

एजेन्सी । चीनमा ७ हजार ६ सय टनको एउटा भवन सिङ्गै एक स्थानबाट अर्को स्थानमा स्थानान्तरण गरिएको छ ।

चीनको शंघाई शहरमा इञ्जिनियरहरु ८५ वर्ष पुरानो ७६ सय टनको एक विशाल भवनलाई नफुटाइकन एक ठाउँबाट अर्को स्थानमा सार्न सफल भएका हुन् ।

सन् १९३५ मा बनाइएको एउटा प्राथमिक विद्यालयको पाँच तले भवनलाई इञ्जिनियरहरुले प्रविधिको प्रयोगमार्फत् ६२ मिटर परसम्म सारेको चिनियाँ समाचार संस्थाहरुले जनाएका छन् ।

यो भवन रहेको स्थानमा अर्को परियोजना शुरु गर्नुपर्ने भएपछि इञ्जिनियरहरुले भवन नभत्काई रोबोटको सहायताले १८ दिनमा अर्को स्थानमा सारेका हुन् ।

अब ऐतिहासिक भवनलाई संरक्षित गर्ने निर्णय स्थानीय प्रशासनले लिएको र हाल मर्मत कार्य भइरहेको जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस्