गायक सरोज साजनको ‘माया नयनी ताल’को चर्चा, युटूब ट्रेन्डिङमा - दर्पण संसार

गायक सरोज साजनको ‘माया नयनी ताल’को चर्चा, युटूब ट्रेन्डिङमा

काठमाडौं । गायक सरोज साजन श्रेष्ठको नयाँ गीत ‘माया नयनी ताल’को म्युजिक भिडियो छोटो समयमै चर्चित हुन थालेको छ ।

गायक स्वयमको शब्द, संगीतमा रहेको लोक पप डान्सिङ फ्युजनमा तयार पारिएको गीतलाई नेपाली दर्शक श्रोताले अत्याधिक रुचाईरहेका छन् ।

विधान कार्कीले निर्देशन गरेको भिडियोमा अहिलेका व्यस्त तथा चर्चित मोडेलहरु सुधिर श्रेष्ठ, रियाशा दाहाल र मोडेल सुशील रेग्मीको अभिनय रहेको छ ।

भिडियोमा उत्सव दाहालको छायांकन, बिकाश दाहालको सम्पादन तथा सुरेन बसेलको कोरियोग्राफी रहेको छ भने दिपेन गौतमको निर्माण नियन्त्रणमा बनेको छ ।

कोरोनाको महामारीमा सबैले घरमै बसेर भिडियोलाई हेरिदिन हुन र माया गरिदिनु हुन साथै घरमा नै आफ्नो परीवारसंग सुरक्षित साथ बस्न हुन आग्रह गर्छन् गायक सरोज साजन श्रेष्ठ ।

प्रतिक्रिया दिनुहोस्