खुमा अर्याल फाउण्डेसनले स्याङ्जामा दियो अत्यावश्यक स्वास्थ्य सामाग्री - दर्पण संसार

खुमा अर्याल फाउण्डेसनले स्याङ्जामा दियो अत्यावश्यक स्वास्थ्य सामाग्री

काठमाडौं । खुमा अर्याल फाउण्डेसन स्याङ्जाले अत्यावश्यक स्वास्थ्य सामाग्री हस्तान्तरण गरेको छ ।

फाउण्डेसन मार्फत खिलुङ कालिका एग्रोफार्मले कोरोना भाइरस संक्रमणलाई मध्यनजर गर्दै स्याङ्जा जिल्लाका विभिन्न स्वास्थ्यकर्मी तथा सुरक्षाकर्मी एवं कर्मचारीहरुलाई लक्षित गर्दै करिब ३ लाख बराबरको स्वास्थ्य सामाग्री हस्तान्तरण गरेको हो । उक्त स्वास्थ्य सामाग्री खिलुङ कालिका एग्रोफार्मका निर्देशक एवं फाउन्डेसन सदस्य शोभाकान्त ढकालले प्रमुख जिल्ला अधिकारी राम बहादुर कुरुवाङलाई हस्तान्तरण गरेका हुन् ।

फाउन्डेसन सदस्य ढकालले व्यबसायीहरु जतिसुकै अफ्ट्यारोमा र संकटमा परेपनी खुमा अर्याल फाउण्डेशन समाजप्रति सधैं उत्तरदायी रहि आएको र आगामी दिनमा पनि सगै रहने प्रतिबद्धता समेत जनाए । फाउन्डेसनका सचिव धुब्र शर्माले फाउन्डेसनको स्थापना गर्नुको उद्देश्य नै सधै समाज र देशको लागि केही न केही सामाजिक भाबले काम गरि समाज र राष्ट प्रति उत्तरदायी हुनु रहेको र सोही अनुसार फाउन्डेसनले निरन्तर कार्य गरिरहेको जनाए ।

जिल्लामा स्वास्थ्य सामाग्री अभाव भईरहेका बेलामा विभिन्न महत्वपूर्ण सामाग्री उपलब्ध गराएको भन्दै प्रजिअ कुरुवाङले फाउण्डेशन एवं एग्रोफामलाई धन्यवाद दिए । फाउण्डेशनले ७० थान पिपिइ, १०० थान केएन ९५ माक्स र २५ लिटर हाइपोकोरोराइड सोलुसन हस्तान्तरण गरेको हो ।

यसअघि पनि फाउण्डेसनले बिभिन्न जनचेतना मुलक कार्यक्रम सहित राहत वितरण कार्यक्रम समेत गरिसकेको थियो । स्याङ्जा जिल्ला भिरकोट ७ बलमाटाका समाजसेवी बौद्धिक ब्यक्तित्त्व उद्दोगी सि.ए. खुमा प्रसाद अर्यालको नामबाट स्थापना गरिएको फाउण्डेसनले मुलतः सामाजिक क्षेत्रमा कार्य गर्दै आएको छ ।

प्रतिक्रिया दिनुहोस्