काठमाडौं ।नेपाली कांग्रेसका महामन्त्री डा. शशांक कोइराला अस्पताल भर्ना भएका छन् ।
कोरोना संक्रमण भएपछि केही दिनदेखि घरमै आइसोलेसनमा बसिरहेका कोइराला अचानक ज्वरो आएपछि सोमबार राति अस्पताल भर्ना भएका हुन ।
सोमबार साँझ ६ बजेदेखि कोइरालालाई उच्च ज्वरो आएपछि ओम अस्पतालमा भर्ना गरिएको उनका स्वकिय सचिव भरत तिवारीले जानकारी दिए ।
ज्वरो कम भएपनि चिकित्सकहरुले उनीमाथि निमोनिया भएको आशंका गरेका छन् ।
कोइरालाको उपचारमा ओम अस्पतालका मेडिकल डाइरेक्टर सिनियर कन्सल्ट्यान्ट फिजिसियन डा. विश्वनाथ कोइरालाको नेतृत्वको चिकित्सक टोली संलग्न छ ।
महामन्त्री कोइरालाको स्वास्थ्यमा क्रमश सुधार भइरहेको अस्पतालले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्