कोरोना संक्रमितको औषधि बोक्ने रोबर्टलाई कांग्रेस नेता खड्काद्वारा आर्थिक सहयोग - दर्पण संसार

कोरोना संक्रमितको औषधि बोक्ने रोबर्टलाई कांग्रेस नेता खड्काद्वारा आर्थिक सहयोग

इलाम । इलामका युवाहरुले निर्माण गरेको मानव निर्मित यन्त (रोबर्ट) को प्रदर्शन गरिएको छ । इलामका पाँच जना युवाहरुले निर्माण गरेको यन्त्रको विहीबार एक कार्यक्रम बिच प्रदर्शन गरिएको हो ।

बिशेष गरेर अस्पतालमा प्रयोग गर्नेगरि मानव निर्मित यन्त्र निर्माण गरिएको हो । कोरोनाका कारण बिरामीलाई औषधि दिन डाक्टर तथा नर्सहरु डराईरहेको अवस्थामा रोर्वटले नै औषधि ओसारपसार गर्न सहयोग गर्ने गरेको आबिस्कारक नबिन फूयाँलले जानकारी दिए ।

उनका अनुसार करिव डेढ महिना लगाएर निर्माण गरेको रोबर्ट अस्पतालमा नै प्रयोग गर्न निर्माण गरिएको हो । कोरोना बिशेष अस्पताल र आइसुलेसनमा प्रयोग गर्नकै लागि रोबर्टको निर्माण गरिएको हो ।

रिमोर्ट कन्ट्रोलको माध्यमबाट कुन बेडमा कुन औषधि लैजानु पर्ने, कति पटक औषधि सेवन गरेको भन्ने लगायतको जानकारी सोही रोबर्ट मार्फत प्राप्त हुने उनले बताए । सीसी क्यामेरा प्रयोग गरिएकाले पनि रोबर्टबाट धेरै कुराको जानकारी लिन सकिने बताइएको छ ।

इलामका नबिन फुयाल, सुलभ सुवेदी, रिकेश भट्टराई, पवन चापागाइँ, अभिनेश सुवेदीले सो रोबर्टको निर्माण गरेका हुन । फरक फरक बिषयमा काठमाडौं अध्ययन गर्ने उनीहरुले काठमाडौं मै पनि विभिन्न कार्यक्रममा प्रदर्शन गर्ने गरेको बताए ।

रोबर्टको प्रयोगले डाक्टर नर्सहरुले धेरै पटक बिरामीलाई नियाल्न आवश्यक नरहेकाले अन्य काम गर्ने समयको समेत बचत हुने बताइएको छ ।

रिमोर्डको माध्यमबाट मानिसको आवाज सहजै रोबर्टले सुन्ने र काम गर्ने जनाइएको छ । साथै रोबर्ट मार्फत समेत आवाज आउने भएकाले बिरामीले समेत सहजै प्रयोग गर्न सक्ने जनाइएको छ ।

रोबर्टको सुरुवाती अवस्थामा नै भएकाले करिव १ लाख १० हजार खर्च भएको छ । काम शुरुपछि आर्थिक समस्याका कारण काम अधुरो हुने भएकोले नेता खड्काले यो सम्पुर्ण कामको खर्च दिने बताए । समाजसेवी खड्काले सुरुवातीमा करिव एक लाख सहयोग गरेका छन् ।

युवाहरुको जोस र जाँगरमा हौसला प्रदान गर्न आफुले सहयोग गरेको समाजसेव खड्काले बताए । उनले नै रोबर्टको उद्घाटन समेत गरे ।

खेलकुद मठमन्दिर, बिद्यालय साथै गरीब दुखीलाइ सहयोग गर्दै आएका खडकाले यस पटक इलामका प्रतिभालाइ सहयोग गरेका हुन ।

प्रतिक्रिया दिनुहोस्