कोरोना भाइरसविरुद्ध पहिलोपटक मानिसमा खोप परीक्षण, परिणाम सकारात्मक - दर्पण संसार

कोरोना भाइरसविरुद्ध पहिलोपटक मानिसमा खोप परीक्षण, परिणाम सकारात्मक

काठमाडौं । कोरोना भाइरसविरुद्ध पहिलोपटक मानिसमा परीक्षण गरिएको खोपले सकारात्मक परिणाम देखाएको खोप उत्पादक कम्पनीले दावी गरेको छ ।

पहिलो चरणमा खोप परिक्षण गरिएका आठ जना मानिसमा रोग प्रतिरोधक क्षमता वृद्धि भएको दावी अमेरिकी कम्पनी मोडर्नाले गरेको हो ।

परीक्षण नतिजा सोमबार सार्वजनिक गर्दै कम्पनीले परीक्षणबाट यो खोप सुरक्षित देखिनुका साथै रोग प्रतिरोधक क्षमता बढाउन सफल भएको बताएको छ ।

कम्पनीले गत मार्च महिनाबाट खोपको मानवीय परीक्षण सुरु गरेको थियो । यो खोप लगाएपछि रगतमा रोगसँग लड्ने ‘एन्टिबडी’ विकास भएको थियो ।

उक्त एन्टिबडीले शरीरभित्र कोरोना भाइरस फैलिनबाट रोक्न सक्ने देखिएको छ । कुनै पनि भाइरसविरुद्ध खोप तयार पर्दा त्यसले भाइरस फैलिनबाट रोक्छ कि रोक्दैन भन्ने महत्वपूर्ण हुन्छ ।

यस आधारमा यो खोपको पहिलो मानवीय परीक्षणलाई सकारात्मक मानिएको छ । कम्पनीले छिट्टै दोस्रो चरणको परीक्षण सुरू गर्ने जनाएको छ । दोस्रो चरणमा ६ सय जनामा खोप परीक्षण गरिनेछ ।

त्यसपछि जुलाइबाट सुरू हुने तेस्रो चरणको परीक्षणमा हजार जना स्वस्थ व्यक्तिलाई खोप लगाइनेछ । अमेरिकाको खाद्य तथा औषधि नियमन विभागले दोस्रो चरणको परीक्षण गर्न अनुमति दिइसकेको छ

प्रतिक्रिया दिनुहोस्