कोरोना भाइरसबारे अर्को खतरनाक तथ्य बाहिरियो - दर्पण संसार

कोरोना भाइरसबारे अर्को खतरनाक तथ्य बाहिरियो

काठमाडौं । कोरोना भाइरसबारे अर्को खतरनाक तथ्य बाहिरिएको छ । वैज्ञानिकहरुले कोरोनाको विषाणु बन्द कोठाभित्र दश मिटरभन्दा टाढासम्म फैलिनसक्ने चेतावनी दिएका हुन् ।

वैज्ञानिकहरुले कोरोना भाइरस बोकेका सूक्ष्म थोपाहरु बन्द कोठामा १० मिटरभन्दा टाढासम्म फैलिन सक्ने जनाएका हुन् । यसबाट विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)ले दिएको भौतिक दुरीको नियमले कोरोना भाइरस नियन्त्रण गर्न नसकिने उनीहरुको भनाइ छ ।

विश्वका ३२ मुलुकका २३९ वैज्ञानिकले डब्ल्यूएचओलाई पत्र लेख्दै बन्द कोठामा पाँच माइक्रोमिटरभन्दा साना ड्रपलेटहरु १० मिटरभन्दा लामो दुरीसम्म फैलिन सक्ने जानकारी गराएको साउथ चाइना मर्निङ पोष्टले लेखेको छ ।

डब्ल्यूएचओले भने कोरोना भाइरस नियन्त्रणको लागि कम्तीमा एक मिटरको भौतिक दुरी कायम राख्न, बारम्बार हात धुन र स्यानिटाइजर प्रयोग गर्न आग्रह गर्दै आए पनि अब यो नियम मात्र पर्याप्त नहुने वैज्ञानिकहरुको भनाइ छ ।

विश्वका विभिन्न मुलुकले निश्चित दूरी कायम गरी रेष्टुरेन्ट, पसल र सिनेमाजस्ता क्षेत्र खोल्न खोजिरहँदा आएको यस चेतावनीले झन् अन्यौल थपेको छ ।

विश्वमा ५ लाख ४ट हजार व्इक्तिको मृत्यु कोरोना भाइरसका कारण हुँदा एक करोड १९ लाखभन्दा बढी मानिस संक्रमित भइसकेका छन् ।

प्रतिक्रिया दिनुहोस्