कोरोना जितेर काममा फर्किए अमिताभ, ‘कौन बनेगा करोडपति’ पुनः सुरु हुने - दर्पण संसार

कोरोना जितेर काममा फर्किए अमिताभ, ‘कौन बनेगा करोडपति’ पुनः सुरु हुने

एजेन्सी । कोरोना संक्रमणबीच पनि अहिले भारतमा फिल्म तथा विभिन्न टेली चलचित्रको छायांकन प्रारम्भ भएको छ ।

दुई साताअघि कोरोना जितेर घर फर्किएका बलिउड अभिनेता अमिताभ बच्चनले आफ्नो कार्यक्रमको छायांकन सम्पन्न गरेका छन् ।

कोरोनालाई जितेपछि फेरि छायांकनमा फर्किएका उनले यसपटक पूर्ण सावधानी अपनाएर छायांकन सम्पन्न गरेको भारतीय संचारमाध्यमले जनाएका छन् ।

यसअघि पनि टेलिभिजन कार्यक्रम छायांकन गरेपछि कोरोना संक्रमित बनेका उनी अहिले पूर्ण सुरक्षित भएर छायांकन सकेको बताएका छन् ।

आफूले सञ्चालन गर्दै आएको आईक्यूसम्बन्धी रियालिटी सो ‘कौन बनेगा करोडपति–१२’ को छायांकनका केही शृंखला अमिताभले सम्पन्न गरेका छन् ।

अमिताभ कोरोना संक्रमित भएपछि उनको यो कार्यक्रमको छायांकन रोकिएको थियो ।

त्यतिबेला एक महिनापछि सारिएको यो कार्यक्रमले अब फेरि नियमितता पाउने भएको छ ।

सोनी टेलिभिजनको यो चर्चित रियालिटी सोको नयाँ एपिसोड अब दर्शकले हेर्न पाउनेछन् ।

प्रतिक्रिया दिनुहोस्