कोरोना जाँच गर्न अब २ हजार मात्र - दर्पण संसार

कोरोना जाँच गर्न अब २ हजार मात्र

बढी लिए कारवाही

काठमाडौं / कोरोना परिक्षणका लागि सरकारले तोकेको परिक्षण शुल्क महँगो बनाइएको भन्दै सरकारको बिरोध हुँदै आएपछि सरकारले शुल्क घटाएको छ ।

सरकारले आइतबारबाट परिक्षणमा अब २ हजार रुपैयाँ भन्दा बढी लिन नपाइने बताएको हो । यसअघी सरकारी मूल्य नै ४ हजार ४ सय तोकिएको थियो ।

स्वास्थ्य मन्त्रालयका अनुसार अब २ हजार भन्दा बढी परिक्षण शुल्क लिन पाइने छैन । मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले आइतबारको नियमित प्रेस ब्रिफिङमा पीसीआर परीक्षणमा अबदेखि कुनैपनि ल्याबले अधिकतम २ हजार भन्दा बढी लिन नपाउने निणर्य गरिएको जानकारी दिएका हुन । बढी लिएको पाइए कारवाही हुने छ ।

सरकारले सुरुमा परिक्षण वापतको शुल्क ५ हजार ५ सय तोकेको थियो । त्यसपछि समेत मुल्य बढी भएको भन्दै सांसदहरुले नै घटाउन माग गरेपछि ४ हजार ४ सय कायम गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस्