कोरोनाबाट पछिल्लो २४ घण्टामा नौं जनाको मृत्यु - दर्पण संसार

कोरोनाबाट पछिल्लो २४ घण्टामा नौं जनाको मृत्यु

काठमाडौं । कोरोना संक्रमणबाट पछिल्लो २४ घण्टामा नौं जनाको मृत्यु भएको छ।

यो सँगै मृतकको संख्या ३ सय ४५ पुगेको छ। यस्तै पछिल्लो २४ घण्टामा १ हजार ३९ जना संक्रमित थपिएका छन् । पछिल्लो पटक १ हजार १ सय ७३ जना डिस्चार्ज भएका छन्।

अहिले देशमा १५ हजार १ सय १७ जना सक्रिय संक्रमित रहेका छन्। जम्मा संक्रमितको संख्या ५४ हजार १ सय ५९ पुगेको छ।

यस्तै कोरोना संक्रमणबाट मुक्त भएर ३८ हजार ६९७ जना घर फर्केका छन्। देशभर १५ हजार ११७ जना आइसोलेसनमा छन् भने ६ हजार ५३६ क्वारेन्टिनमा रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्