कुवेतबाट फर्किएका तीनसय नेपालीमध्ये सबैजना महिला - दर्पण संसार

कुवेतबाट फर्किएका तीनसय नेपालीमध्ये सबैजना महिला

काठमाडौं । कुवेतले विभिन्न कसुरमा माफी दिएका ३०० जना नेपाली महिलाहरु बिहीबार स्वदेश फर्किएका छन् ।

उनीहरुलाई नेपाली सेनाले राजधानीस्थित विभिन्न ‘होल्डिङ सेन्टर’मा राखेपछि सम्बन्धित प्रदेशमा पुर्‍याइने छ भने केहीलाई काठमाडौंकै ‘क्वारेन्टिन’मा राखिने छ ।

कुवेतमा अनधिकृतरुपमा रहेका महिलाहरुलाई कुवेत सरकारले आममाफी दिएपछि बिहीबार ३०० महिला स्वदेश फर्किएका छन् ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आइपुगेपछि उनीहरुलाई नेपाली सेनाले उनीहरुको आ–आफ्ना जिल्लाअनुसार तय गरिएको साझा यातायातको गाडीमा चढाइएको थियो ।

यसअघि, युएईबाट उद्धार गरिएकाहरुका लागि सेनाको गाडीमा होल्डिङ सेन्टर पुर्‍याइएको थियो ।

बिहीबार फर्केका अधिकांशको ‘आरडीटी’ र केहीको ‘पीसीआर’ परीक्षण गरिएको थियो । सबैको ‘रिपोर्ट नेगेटिभ’ आएपछिमात्रै उनीहरुलाई नेपाल ल्याइएको हो ।

कुवेतबाट उद्धार गरी ल्याइएकाहरुलाई होल्डिङ एरियामा सामाजिक दूरी कायम गरी चेकजाँचपछि उनीहरुको जिल्लामा पठाउने व्यवस्था मिलाइएको छ ।

प्रतिक्रिया दिनुहोस्