किन बढ्दै छ नैराश्यता युवा पुस्तामा फेशबुकमा लाइभ गरेर आत्महत्या गर्ने प्रवृति पनि वढ्दो - दर्पण संसार

किन बढ्दै छ नैराश्यता युवा पुस्तामा फेशबुकमा लाइभ गरेर आत्महत्या गर्ने प्रवृति पनि वढ्दो

 

चितवनमा एक युवतीले फेसबुक लाइभ गरेर आत्महत्या गरेकी छन् । भरतपुर महानगरपालिका–१० स्याउलीबजारमा शनिबार एक युवतीले फेसबुक लाइभ गरेर आत्महत्या गरेकी हुन् ।

जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार कोठा भाडामा लिएर बसेकी १९ बर्षिय विद्या पाण्डेले फेसबुकमै लाइभ गरेर आत्महत्या गरेकी हुन् ।

उनको स्थाइ ठेगाना भरतपुर २४ रहेको प्रहरीले जनाएको छ । मृतकको कोठाबाट लागूऔषध सिरिन्ज बरामद गरिएको थियो ।

दुई वर्ष अगाडि चितवनको कालिका नगरपालिका वडा नम्बर ७ सगुन टोलस्थित एक युवाले पनि फेसबुक लाइभ गरेर आत्महत्या गरेका थिए ।

यस्तै केही दिनअघि दाङमा पनि एक युवतीले फेसबुक लाइभ गरेर आत्महत्या गरेकी थिईन ।

जिवनलाई नै अप्राकृतिक अन्त्य गर्नु परिवारजनमा पिडा त छदैछ तर देशको लागि पनि होनहार युवा पिढीले आत्महत्या गर्नु पक्कै राम्रो होइन । हुनत यो समस्या नेपालमा मात्रै होइन र पनि युवाका मानसिक तनावलाई कम गर्न सरकार र समाज सारथी हुन सक्छ ।

प्रतिक्रिया दिनुहोस्