कालापानी र लिम्पियाधुरालगायतका क्षेत्रमा नेपालीलाई प्रवेश निषेध ! - दर्पण संसार

कालापानी र लिम्पियाधुरालगायतका क्षेत्रमा नेपालीलाई प्रवेश निषेध !

काठमाडौं । भारतले कालापानी, लिम्पियाधुरालगायतका क्षेत्रमा नेपालीहरुको प्रवेश रोक्न जिल्ला प्रशासन कार्यालय दार्चुलालाई अनुरोध गरेको छ ।

गुन्जी, कालापानी, लिम्पियाधुरा भारतीय भूमि रहेको दाबी गर्दै भारतले ती क्षेत्रमा नेपालीहरुको अवैध प्रवेश रोक्न भनेको हो ।

विभिन्न नेपाली गुट÷समूह भारतीय क्षेत्र गुन्जी, कालापानी, लिम्पियाधुरामा अवैध रुपमा लुकिछिपी सीमा पार गर्ने गरेको भन्दै भारतको धार्चुला प्रशासन कार्यालयले त्यस्त गतिविधि नियन्त्रणका लागि जिल्ला प्रशासन कार्यालय दार्चुलालाई पत्राचार गरेको हो ।

नेपालले हालै कालापानी, लिम्पियाधुरा, गुन्जी, लिपुलेक लगायतका भूभाग समेटेर नयाँ नक्सा जारी गरेको थियो ।

नेपालले नयाँ नक्सा सार्वजनिक गरेपनि भूभागलाई भारतले आफ्नो क्षेत्र रहेको दावी गर्दै आएको छ ।

यता दार्चुलाका प्रमुख जिल्ला अधिकारी शरद कुमार पोखरेल लकडाउन, वर्षायाम र विकट भूगोल भएकाले सो स्थानमा हाल आउ–जाउ नभएको बताए ।

नेपाल सरकारले हालै कालापानी नजिक छाङ्रुमा सशस्त्र प्रहरीको सुरक्षा पोष्ट स्थापना गरेपछि त्यहाँ केही गतिविधि बढेको छ ।

हालै त्यहाँ नजिक सडकको ट्रयाक खोल्ने काम भइरहेको छ ।

 

प्रतिक्रिया दिनुहोस्