काठमाडौंको सोह्रखुट्टेमा ग्यास सिलिन्डर लिक भएर आगलागी, ११ जना घाइते - दर्पण संसार

काठमाडौंको सोह्रखुट्टेमा ग्यास सिलिन्डर लिक भएर आगलागी, ११ जना घाइते

काठमाडौं । काठमाडौंको सोह्रखुट्टेस्थित फलफूल चोकमा रहेको एउटा घरमा बिहीबार दिउँसो एलपीजी ग्यास सिलिन्डर लिक भएर आगलागी भएको छ ।

घटनामा ११ जना घाइते भएका छन् भने त्यसमध्ये २ जनाको अवस्था गम्भीर रहेको महानगरीय प्रहरी वृत्त लैनचौरले जानकारी दिएको छ ।

घाइतेहरुको खुट्टामा पोलेको र उनीहरुको सोह्रखुट्टेस्थित मनमोहन मेमोरियल अस्पतालमा उपचार भइरहेको पनि प्रहरीले जानकारी दिएको छ ।

४ वटा ग्यास सिलिन्डर विस्फोट हुँदा सो घरमा नराम्ररी क्षति पुगेको छ भने वरपरका केही घरमा समेत सामान्य क्षति पुगेको प्रहरीले जनाएको छ ।

ग्यास विस्फोटपछि भएको आगलागी दमकलको सहायताले निभाइएको थियो । किरियापुत्री बसेको कोठामा ग्यास बाल्ने क्रममा विस्फोट भएको हो ।

"

प्रतिक्रिया दिनुहोस्