कांग्रेस महाधिवेशन - दर्पण संसार

कांग्रेस महाधिवेशन

सभापति पदमा तीन गुटका १० नेता आकांक्षी

काठमाडौं / आगामी १४औं महाधिवेशनमा पार्टी नेतृत्वका लागि नेपाली कांग्रेस भित्रको कायम तीन गुट नै फुट्ने देखिएको छ ।

हालसम्म १४औं महाधिवेशनका लागि कांग्रेस भित्रका तीन गुटबाट १० जना नेता सभापति पदकालागि आकांक्षी देखिएका हुन ।

यसरी आकांक्षा देखाउँनेहरुमा कांग्रेस भित्रको सभापति शेरबहादुर देउवा गुटबाट तीन, वरिष्ठ नेता रामचन्द्र पौडेल गुटबाट ६ र कृष्णप्रसाद सिटौला गुटबाट दुई नेता छन ।

हालको संस्थापन समूहबाट आगामी महाधिवेशनका लागि सभापति देउवा, नेता गोपालमान श्रेष्ठ र उपसभापति विमलेन्द्र निधिले तयारी अघि बढाएका छन ।

यसैगरी इतर समूहबाट वरिष्ठ नेता पौडेल, पूर्वमहामन्त्री प्रकाशमान सिंह, महामन्त्री डा. शशांक कोइराला, नेता डा. शेखर कोइराला र अर्का नेता अर्जुननरसिंह केसीले तयारी तिव्र पारेका छन ।

यसैगरी सिटौला समूहबाट नेता सिटौला र यूवा नेता गगन थापाले तयारी गरिरहेका छन ।

सभापति देउवाले सोमबारको एक भर्चुअल कार्यक्रममा समेत आउँदो निर्वाचनमा पार्टीलाई आफूले पहिलो बनाएरै छाड्ने भन्दै नेतृत्वका लागि तयार रहेको संकेत गरेका छन ।

यस्तै सो समूहबाट नेता गोपालमान श्रेष्ठले समेत आफू पनि सभापतिमा उठ्ने तयारी गरिरहेको बताउँदै आइरहेकाछन ।

यसैगरी हालका उपसभापति विमलेन्द्र निधिले समेत आफूलाई पार्टी नेतृत्वका लागि अगाडी बढाइसकेका छन ।  निधिले सभापति देउवा र महामन्त्री कोइरालालाई भेटेरै आगामी महाधिवेशनमा आफूलाई सघाउन आग्रह गरिसकेका छन ।

यस्तै संस्थापन इतर पक्षबाट वरिष्ठ नेता पौडेलले समेत पार्टी नेतृत्वका लागि आफू तयार रहेको सन्देश नेता कार्यकर्तालाई दिंदै आएक छन ।

सो समूहबाट कांग्रेस पूर्वमहामन्त्री समेत रहेका नेता प्रकाशमान सिंहले समेत देशभरको नेतकार्यकर्ताको चाहना अनुसार आफू पार्टी नेतृत्वका लागि अघि बढेको बताउँदै आएका छन ।

इतर समूहबाटै हालका महामन्त्री डा शशांकको समेत पार्टी नेतृत्वका लागि तयारी जारी छ ।

यसैगरी नेता डा. शेखर कोइरालाले समेत पार्टी नेतृत्वका लागि इतर पक्षबाट आफूलाई एक्लो उम्मेदवार बनाउँन प्रयासरत छन ।

सो समूहबाटै नेता अर्जुननरसिंह केसीले समेत तयारी अघि बढएका छन ।

यसैगरी तेस्रो धारबाट नेता सिटौलाले आफू पार्टी नेतृत्वका लागि तयार रहेको सन्देश पहिले नै दिइसकेका छन ।

सोही समूहबाट यूवा नेता गगन थापा समेत हाल उम्मेदवारको रुपमा चर्चामा छन । उनले समेत तिव्रताका साथ पार्टी नेतृत्वका लागि आफूलाई अघि बढाइरहेका छन ।

"

प्रतिक्रिया दिनुहोस्