कांग्रेस नेता खड्काद्वारा रक्त क्यान्सर पीडित ढकाललाई ३१ हजार रुपँया सहयोग - दर्पण संसार

कांग्रेस नेता खड्काद्वारा रक्त क्यान्सर पीडित ढकाललाई ३१ हजार रुपँया सहयोग

इलाम । समाजसेवी तथा नेपाली कांग्रेसका युवा नेता डम्बर खडकाले रक्त  क्यान्सर पीडित १८ बर्षिय सोम ढकाललाई उपचारका लागि ३१ हजार रुपँया आर्थिक सहयोग गरेका छन् ।

इलाम नगरपालिका वडा नं ५ का रक्त क्यान्सर पीडित ढकालका लागि भनी बुबा गोपाल ढकाललाइ आइतबार उक्त रकम नेता खडकाले हस्तान्तरण गरेका हुन ।

बिगत ६ महिना अघिदेखि काठमाडौ स्थित टिचिङ अस्पतालमा उपचारार्थ ढकाल परिवारसँग सम्पत्तिको नाममा दुइ रोपनी मात्र जग्गा छ ।

दैनिक अरुकोमा ज्यालादारी गरेर परिवार चलाइरहेको ढकाल परिवारको घरमै पुगेर नेता खडकाले सहयोग गरेका हुन । खड्काले अन्य मनकारी ब्यक्तिहरुलाई पनि सहयोग गरिदिन आग्रह गरेका छन ।

सोम ढकाल बचाँउ अभियान मार्फत हालसम्म करीब बाह्रलाख रुपँया संकलन भइसकेको छ । अझै १० लाख रुपैंयाँ रकम भएमात्र विरामीलाई अस्पतालबाट ल्याउन सकिने ढकाल जानकारी दिएको छ ।

 

"

प्रतिक्रिया दिनुहोस्