कांग्रेसले पदाधिकारी सहित केन्द्रीय सदस्यहरुको पिसिआर टेस्ट गर्दै - दर्पण संसार

कांग्रेसले पदाधिकारी सहित केन्द्रीय सदस्यहरुको पिसिआर टेस्ट गर्दै

१९ गते बैठक, बैठकमा महाधिवेशनबारे छलफल हुने

काठमाडौं / नेपाली कांग्रेसले आफ्ना सबै पदाधिकारी सहित केन्द्रीय कार्यसमिति सदस्यहरुको पिसिआर टेस्ट गर्ने भएको छ ।

कांग्रेसले १९ असोजका लागि केन्द्रीय कार्यसमिति बैठक बोलाएको र पदाधिकारी, केन्द्रीय सदस्य, आमन्त्रित केन्द्रीय सदस्य र केन्द्रीय कार्यालयमा कार्यरत सम्पूणर् कर्मचारीहरुलाई पिसिआर टेस्टमा सहभागी हुन भनेको हो ।

कांग्रेस मुख्य सचिव कृष्णप्रसाद पौडेलले बैठक १९ गते दिउँसो २ बजे पार्टी केन्द्रीय कार्यालय सानेपामा बस्ने जानकारी दिए । बैठक पार्टीको आगामी १४ औं महाधिवेशन बारे केन्द्रित हुने छ ।

परीक्षणका लागि १५ असोज बिहान ११ बजेबाट ३ बजेसम्म सम्पूणर् पदाधिकारी, केन्द्रीय सदस्य, आमन्त्रित केन्द्रीय सदस्य र कर्मचारीहरुलाई अनिवार्य उपस्थित हुन आग्रह गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्