कांग्रेसद्वारा प्रदेशसभा बैठक अवरुद्ध, रोष्टम घेर्दै नाराबाजी - दर्पण संसार

कांग्रेसद्वारा प्रदेशसभा बैठक अवरुद्ध, रोष्टम घेर्दै नाराबाजी

बुटवल । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले प्रदेश ५ को प्रदेशसभा बैठक अवरुद्ध गरेको छ ।

प्रदेश ५ को राजधानी दाङ तोक्ने प्रस्ताव फिर्ता गर्न माग गर्दै कांग्रेसले प्रदेश सभामा नाराबाजी गरेको छ ।

सभामुखले बैठक सुरु गर्नेबित्तिकै कांग्रेस सांसद उठेर रोष्टम घेर्न पुगेका थिए।

सरकारले स्थायी राजधानी दाङमा तोक्ने प्रस्ताव फिर्ता लिनुपर्ने कांग्रेसले माग राखेको हो।

कांग्रेसको विरोधबीच सभामुखले प्रदेशको नामाकरण र स्थायी राजधानीको प्रस्ताव छलफलका लागि पेश गर्न आन्तरिक मामिला तथा कानून मन्त्री कुलप्रसाद केसीलाई समय दिएका छन्।

बैठकमा सरकारका तर्फबाट प्रस्तावित प्रदेश राजधानीका विषयलाई लिएर कांग्रेसका सदस्यले नाराबाजी गरेपछि अपराह्न २ बजे बस्ने गरी स्थगन भएको हो ।

प्रतिक्रिया दिनुहोस्