कमला दाहाल भइन इनास अध्यक्ष, आफ्नै भवन निर्माण गर्ने बचन - दर्पण संसार

कमला दाहाल भइन इनास अध्यक्ष, आफ्नै भवन निर्माण गर्ने बचन

काठमाडौं । अन्तर्राष्ट्रिय नेपाली कलाकार समाज ग्लोबल समिति (इनास)को तेस्रो सम्मेलनबाट कमला दाहाल अध्यक्षमा निर्वाचित भएकी छन् । काठमाडौंमा सम्पन्न भएको सम्मेलनमा उनी सर्वसम्मत अध्यक्ष पदमा निर्वाचित भएकी हुन् ।

अध्यक्ष पदमा निर्वाचित भएसँगै दाहालले काठमाडौंमा इनासको आफ्नै भवन निर्माण गर्ने प्रतिवद्धता व्यक्त गरेकी थिइन । उनले थपिन्, ‘विश्वभरका नेपाली कलाकारलाई एकताबद्ध गराउँदै वर्तमान समयसम्म सफलतापूर्वक ल्याउनु भएकी निवर्तमान अध्यक्ष पुष्प बरुवाललाई विशेष धन्यावाद ।’

त्यसैगरी, सम्मेलनबाट वरिष्ठ उपाध्यक्षमा रामचन्द्र थापा, उपाध्यक्षहरुमा साबु गदाल कार्की, अर्जुन काफ्ले, भगवती बस्नेत, महासचिवमा मनिष कुमार श्रेष्ठ, सचिवमा हरि शर्मा, कोषाध्यक्षमा कुलराज थापा, युरोप संयोजकमा सन्त कुमार थापा, अष्ट्रेलिया संयोजकमा सुशिल चालिसे, एसिया संयोजकमा लोकराज अधिकारी र मिडिया संयोजकमा मोहराज शर्मा निर्वाचित भएका छन् ।

विश्वभरका ७२ भन्दा बढी देशमा सञ्जाल विस्तार रहेको इनासले काठमाडौंमा छैटौं इनास अवार्ड हस्तान्तरण गर्ने निर्णय गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्