एसिड आक्रमणबाट घाइते युवती भेट्न पुगे गृहसचिव र आईजीपी - दर्पण संसार

एसिड आक्रमणबाट घाइते युवती भेट्न पुगे गृहसचिव र आईजीपी

काठमाडौं । गृहसचिव महेश्वर न्यौपाने र प्रहरी महानिरीक्षक (आईजीपी) शैलेश थापा क्षेत्रीले एसिड आक्रमणबाट घाइते भएर उपचाररत युवतीलाई कीर्तिपुरस्थित अस्पतालमा भेटेका छन् ।

गृहसचिव र आईजीपीसँगै महानगरीय प्रहरी कार्यालयका प्रमुख डीआईजी विश्‍वराज पोखरेलले पनि पीडित युवतीको स्वास्थ्य अवस्थाबारे जानकारी लिएका थिए ।

भेटका क्रममा गृहसचिव न्यौपाने र प्रहरी महानिरीक्षक थापा क्षेत्रीले उपचारको चिन्ता नलिन पनि युवतीलाई आग्रह गरेका छन् ।

असार ८ गते राति बालफलमा सामान किन्न निस्केकी ओखलढुंगाकी २२ वर्षीय युवतीलाई रौतहट लक्ष्मीपुर र भई सितापाइलामा कपडा कारखाना सञ्चालक ४७ वर्षीय मोहम्मद आलमको योजनामा उनकै कारखानाका कामदार भारतीय नागरिक २३ वर्षीय मुन्ना अहमदले ती युवतीलाई एसिड प्रहार गरी फरार भएका थिए ।

राति ८ बजेको घटनापछि अनुसन्धानमा जुटेका महानगरीय प्रहरी परिसर काठमामडौं र महानगरीय अपराध महाशाखाको टोलीले ३ घन्टापछि सितापाइलाबाटै दुवैजना अभियुक्तलाई पक्राउ गरेको थियो ।

एसीड आक्रमणबाट युवतीको निधार, गाला र टाउकोका केही भाग जलेको छ ।

प्रतिक्रिया दिनुहोस्