एनआरएनए अमेरिकाले पहिलो राष्ट्रिय महिला भेला आयोजना गर्ने - दर्पण संसार

एनआरएनए अमेरिकाले पहिलो राष्ट्रिय महिला भेला आयोजना गर्ने

न्यूयोर्क(जिएनएनएन) गैर आवासीय नेपाली संघ (एनआरएनए) अमेरिकाले यही सेप्टेम्बर २६, २०२० मा पहिलो राष्ट्रिय महिला भेलाको आयोजना गर्ने भएको छ ।

गैर आवासीय नेपाली संघ )एनआरएनए( अमेरिकाकी महिला संयोजक दिक्षा बस्नेतले उक्त कुराको जानकारी दिनुभएको हो ।

भेलामार्फत विशेष गरी प्रवासमा आआफ्नो पेशा र व्यवसायका बाबजुद विभिन्न संघसस्थाको नेतृत्व गरिरहेका महिलाहरुको उपस्थिति र उनीहरुका ज्ञान र सीप भावी पीढीका लागी प्रेरणादायी बन्ने साथै बर्तमान समस्या समाधान पनि खोज्ने प्रयास गरिने संयोजक बस्नेतले जानकारी गराउनुभएको छ ।

प्रवासमा महिलाका धेरै भन्दा धेरै मुद्दाहरू समेट्ने कार्यक्रमको उद्देश्य रहेको बस्नेतले बताउनुभयो । भेलामा महिला सशक्तीकरण, समावेशीकरण, समान अधिकार, घरेलु हिंसा, महिला माथी हुने बिभेद्, लैङ्गिक हिंसा, एवम धेरै बिषय बस्तुलाई समेट्दै बिज्ञ एवं दक्ष महिलाहरूबाट विभिन्न बिषयमा बहस गरिने छ ।

प्रेस विज्ञप्ति
आदरणिय सम्पुर्ण गैरआवसिय नेपाली दाजुभाई तथा दिदिबहिनिहरुमा
हार्दिक नमस्कार ।
गैर आवासीय नेपाली संघ (एनआरएनए) अमेरिकाले यही सेप्टेम्बर २६, २०२० मा पहिलो पटक राष्ट्रिय महिला भेला गर्न लागेको सहर्ष जानकारी गरांउदै, उक्त कार्यक्रम सफल पार्न यहाँहरुको अमूल्य सल्लाह सुझाव र सहयोगको आशा गरेकी छु । विशेष गरी प्रवासमा आ(आफ्नो पेशा र व्यवसायका बाबजुद विभिन्न संघसस्थाको नेतृत्व गरिरहनु भएका अब्बल महिला दिदिबहिनीहरुको उपस्थिति र वहांहरुका ज्ञान र शिप भोलिका पीढीका लागी प्रेरणादायी बन्ने छन् भने बर्तमान समस्याका समाधान पनि खोज्ने प्रयास गरिने छ ।

वास्तवमा आधा आकाशका भागिदार हामी महिलाहरु अझ विशेष गरी प्रवासमा महिलाका धेरै भन्दा धेरै मुद्दाहरू समेट्ने यो कार्यक्रमको उद्देश्य रहेको छ । महिला सशक्तीकरण, समावेशीकरण, समान अधिकार, घरेलु हिंसा, महिला माथी हुने बिभेद्, लैङ्गिक हिंसा, एब्ं धेरै बिषय बस्तुलाई समेट्दै बिज्ञ एवं दक्ष दिदीबहिनी हरूबाट पनि बिभिन्न बिषयमा बहस गरिने छ ।

यो महिला भेला र यसबाट भोलिका दिनमा आउने दोस्रो पुस्तालाई समेत सही मार्ग दिनको लागी यस्ता कार्यक्रमको आवश्यकता महसुस गरि यस कार्यक्रमको आयोजना गरिएको जानकारी गराउन चाहन्छु । मलाई आशा छ, यहाँहरूको सुझाव र सल्लाहका साथ कार्यक्रम अघि बढ्ने छ र सफल हुनेछ जसको लागी यहाँहरू सम्पूर्णको साथ महत्त्वपूर्ण हुनेछ। यहाँहरूका महत्त्वपूर्ण सुझाव तलको इमेलमा पठाउनु हुन हार्दिक अनुरोध गर्दछु ।

[email protected]

दिक्षा बस्नेत महिला

सम्योजक

गैर आवासीय नेपाली संघ अमेरिका

"

"

प्रतिक्रिया दिनुहोस्