उपत्यकामा ६३७ सहित देशभर ११ सय ७२ जना कोरोना संक्रमित थपिए - दर्पण संसार

उपत्यकामा ६३७ सहित देशभर ११ सय ७२ जना कोरोना संक्रमित थपिए

काठमाडौं / विगत २४ घण्टामा काठमाडौं उपत्यकामा ६ सय ३७ सहित देशभर १ हजार १ सय ७२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौंमा ४९२, ललितपुरमा ५० र भक्तपुरमा ९५ जना सहित देशभर १ हजार १ सय ७२ जनामा बुधबार संक्रमण पुष्टी भएको हो ।

संक्रमितमध्ये महिला ४ सय २६ र पुरुष ७ सय ४६ जना रहेको मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले जानकारी दिए । यससँगै देशभर कुल संक्रमितको संख्या ६७ हजार ८ सय ४ पुगेको छ ।

हाल देशभरका विभिन्न अस्पतालहरुमा २ सय २० जना आईसीयू र ४३ जना भेन्टिलेटरमा छ । यस्तै हाल क्वारेन्टिनमा ७ हजार १ सय ४ जना छन भने कोरोना निको हुनेको संख्या ४९ हजार ९ सय ५४ पुगेको छ ।

यस्तै बितेको २४ घण्टामा एक महिला सहित ७ जनाको मृत्यु भएको छ । यससँगै कोरोनाबाट मृत्यु हुनेको कुल संख्या ४ सय ३६ पुगेको छ ।

प्रतिक्रिया दिनुहोस्