उपत्यकामा थपिए ७११ कोरोना संक्रमित - दर्पण संसार

उपत्यकामा थपिए ७११ कोरोना संक्रमित

मृतकको संख्या चार सय नाघ्यो

काठमाडौं / पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा ७११ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ ।

संक्रमितमध्ये काठमाडौंमा ५७०, ललितपुरमा ५८ र भक्तपुरमा ८३ जना छन ।

शनिबारको नियमित प्रेस ब्रिफिङमा स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले पछिल्लो २४ घण्टामा देशभर १ हजार २०४ जना कोरोना संक्रमित थपिएको बताए ।

शनिबार थपिएका संक्रमितसहित संक्रमितको कुल संख्या ६२ हजार ७९७ पुगेको छ । यस्तै पछिल्लो २४ घण्टामा १ हजार ४४७ जना निको भएका छन् भने हालसम्म निको हुनेको कुल संख्या ४५ हजार २६७ पुगेको छ ।

यस्तै कोरोनाबाट पछिल्लो २४ घण्टामा थप ११ जनाको मृत्यु भएको छ । यससँगै कोरोनाबाट नेपालमा मृत्यु हुनेको संख्या ४०१ पुगेको प्रवक्ता गौतमले जानकारी दिएका हुन ।

प्रतिक्रिया दिनुहोस्