आज देशभर १३ सय २५ जना कोरोना संक्रमित थपिए - दर्पण संसार

आज देशभर १३ सय २५ जना कोरोना संक्रमित थपिए

उपत्यकामा मात्रै ७ सय ६७ जना थप

काठमाडौं / पछिल्लो २४ घण्टामा देशभर १ हजार ३ सय २५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले आइतबारको नियमित प्रेस ब्रिफिङमा देशभर गरी पछिल्लो २४ घण्टमा १ हजार ३ सय २५ जनामा संक्रमण पुष्टि भएको बताए । योसँगै देशभर कुल संक्रमितको संख्या ६४ हजार १ सय २२ पुगेको छ ।

यस्तै पछिल्लो २४ घण्टामा ९ सय ६६ जना संक्रमणमुक्त भएका छन । यससँगै हालसम्म संक्रमणमुक्त हुनेको कुल संख्या ४६ हजार २ सय ३३ पुगेको छ ।

पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा मात्रै ७ सय ६७ जना संक्रमित थपिएका छन । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौंमा ६०२, भक्तपुरमा १०१ र ललितपुरका ६४ जनामा संक्रमण पुष्टि भएको हो ।

हाल देशभर सक्रिय संक्रमितको संख्या १७ हजार ४ सय ७८ रहेको प्रवक्ता गौतमले बताएका छन । तीमध्ये ९ हजार ७१ जना संस्थागत आइसोलेशनमा र ८ हजार ४ सय ७ जना होम आइसोलेशनमा छन ।

मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा मात्रै देशभर गरी थप १० जनाको मृत्यु भएको छ । यससँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको कुल संख्या ४ सय ११ पुगेको छ ।

"

प्रतिक्रिया दिनुहोस्