असोज ५ गतेदेखि आन्तरिक उडान र लामो दूरीको यातायात चल्ने - दर्पण संसार

असोज ५ गतेदेखि आन्तरिक उडान र लामो दूरीको यातायात चल्ने

काठमाडौं । सरकारले असोज ५ गतेदेखि आन्तरिक उडान र लामो दूरीको यातायातका साधन सञ्चालन गर्ने निर्णय गरेको छ ।

सोमबार बसेको मन्त्रिपरिषदको बैठकले चैतदेखि बन्द रहेका आन्तरिक उडान र लामो दूरीको यातायात असोज ५ गतेदेखि खुला गर्ने निर्णय गरेको पर्यटन मन्त्री योगेश भट्टराईले सञ्चारमाध्यमलाई जानकारी दिए ।

स्वास्थ्यसम्बन्धि मापदण्ड पालना गरेर हवाइ उडान र लामो दूरीका सार्वजनिक यातायात खोल्न दिने निर्णय भएको उनले बताए । सरकारले चैतमा लकडाउन घोषणा गरेयता आन्तरिक उडान बन्द गरेको थियो ।

 

"

प्रतिक्रिया दिनुहोस्