अमेरिकाबाट चारवटा जहाज नेपाल आउने, भाडा कति ? - दर्पण संसार

अमेरिकाबाट चारवटा जहाज नेपाल आउने, भाडा कति ?

काठमाडौं । विदेशमा अलपत्र रहेका नेपालीलाई केही चार्टर्ड विमानहरुको उडान रद्द भएपनि अमेरिकामा रहेका नेपालीलाई लिएर चारवटा जहाज नेपाल आउने भएका छन् ।

अमेरिकामा रहेको नेपाली दूतावासका अनुसार यही ९ र ११ गते २/२ वटाका दरले चार वटा जहाज नेपाल उडानको लागि सम्झौता भएको जनाएको छ ।

दूतावासका अनुसार ९ गते न्यूयोर्कबाट टर्किस एअरलाइन्स र वाशिङटनबाट कतार एअरवेजले नेपाली लिएर काठमाडौं उडान गर्नेछन् ।

यस्तै १३ गते शिकागोबाट टर्किस एअरलाइन्स र ड्यालसबाट कतार एअरवेजले उडान भर्नेछन् । यसको लागि भाडा भने यात्रुले नै तिर्नुपर्नेछ ।

टर्किस एअरलाइन्सले १५ सय ३७ डलर अर्थात १ लाख ८६ हजार ४ सय ९९ रुपैयाँ तथा कतार एअरवेजले १६ सय डलर अर्थात १ लाख ९४ हजार १ सय ४४ रुपैयाँ भाडा तोकेको छ ।

नेपाल फर्कन चाहनेहरुले भरेको अनलाइन फारमको आधारमा प्राथमिकता अनुसार नेपाल पठाइने दूतावासले जनाएको छ ।

नेपाल फर्कनको लागि पासपोर्ट र अन्य ट्राभल डकुमेन्ट र पीसीआर या आरडीटी विधिबाट जाँच गरी कोरोना नलागेको प्रमाणपत्र हुनुपर्नेछ ।

प्रतिक्रिया दिनुहोस्