अब दुई हजार रुपैंयाँमै पीसीआर परीक्षण - दर्पण संसार

अब दुई हजार रुपैंयाँमै पीसीआर परीक्षण

काठमाडौं । सरकारले कोरोना भाइरसकका लागि गरिने पीसीआर परीक्षणको शुल्क दोस्रो पटक सत प्रतिशत घटाएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले अब देशभरका पीसीआर परीक्षण गर्ने प्रयोगशालाले अब बढीमा २ हजार शुल्क लिन सक्ने जनाएको छ ।

मन्त्रालयले शुरुमा पीसीआर परीक्षणको शुल्क ५ हजार ५ सय रुपैयाँ तोकेको थियो ।

तीन साता अघि यसको मूल्य घटाएर ४ हजार रुपैयाँमा झारेको थियो । अहिले त्यसको सत प्रतिशत कम अर्थात २ हजार रुपैयाँमा तोकिएको छ ।

विश्व बजारमा पीसीआर किट्को मूल्य घटेपछि नेपालमा पनि परीक्षण शुल्य घटाइएको हो ।

प्रतिक्रिया दिनुहोस्