अनुगमनमा बरामद प्याज सरकारले ६० रुपैयाँ प्रतिकिलो बेच्दै - दर्पण संसार

अनुगमनमा बरामद प्याज सरकारले ६० रुपैयाँ प्रतिकिलो बेच्दै

एक ग्राहकलाई तीन किलो


काठमाडौं / बढी मुल्य लिएर विक्री गर्दै गर्दा काठमाडौंस्थित कालीमाटी र बल्खु तरकारी बजारबाट बरामद गरिएको प्याज सरकारले ६० रुपैयाँ प्रतिकिलोमा बेच्ने भएको छ ।

बजार अनुगमनका क्रममा बरामद गरिएको प्याज खाद्य व्यवस्था तथा व्यापार कम्पनीले भोली बिहीबारबाट बिक्री गर्ने भएको हो ।

बजार अनुगमनका क्रममा बरामद करिब १२० क्विन्टल प्याज सुपथ मूल्यमा बिक्रीको तयारी भइरहेको र बिहिबारबाट विक्री गरिने कम्पनीकी सूचना अधिकारी शर्मिला न्यौपाने सुबेदीले जानकारी दिइन ।

वाणिज्य आपूर्ति तथा उपभोक्ता हित संरक्षण विभाग, जिल्ला प्रशासन कार्यालय काठमाडौं र कम्पनीको संयुक्त बैठकले जफत गरिएको प्याज बिक्री गर्ने निणर्य गरेको थियो ।

व्यापार कम्पनीकोे केन्द्रीय बिक्री केन्द्र थापाथलीबाट प्रतिकिलो ६० रुपैयँमा प्याज बिक्री गरिने छ । यसरी विक्री हुने प्याज एकजना ग्राहकले एक पटकमा तीन किलोसम्म किन्न पाउने छन ।

यसरी बेचिएको प्याजबाट बिक्री मूल्यको ५२ रुपैयाँ सरकारको राजश्व खातामा र ८ रुपैयाँ प्रतिकिलो कम्पनीको ढुवानी तथा अन्य खर्चवापत राख्ने कम्पनीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्