काठमाडौं । उपराष्ट्रपतिमा रामसहाय प्रसाद यादव निर्वाचित भएका छन् । संघीय गणतन्त्र नेपालको तेस्रो उपराष्ट्रपतिमा यादव निर्वाचित भएका हुन् ।
संघीय संसद् भवन बानेश्वरमा शुक्रबार अपरान्ह सम्पन्न मतगणनाअनुसार यादव चौथो कार्यकालका लागि उपराष्ट्रपतिमा निर्वाचित भएका हुन् ।
एमाले उपाध्यक्ष अष्टलक्ष्मी शाक्य र जनमत पार्टीकी नेता ममता झालाई पराजित गर्दै यादव उपराष्ट्रपति निर्वाचित भएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ।
निर्वाचित यादवले ३० हजार ३२८ मतभार प्राप्त गर्दै विजयी भए । उनले संघतर्फ १८४ र प्रदेशसभातर्फ ३२९ मत प्राप्त गरे ।
बिहान १० बजेदेखि शुरु भएको मतदान दिउँसो ३ बजे सकिएको थियो । मतदानमा ३११ सङ्घीय सांसद र ५१८ प्रदेशसभा सदस्यले मतदान गरेका थिए ।
प्रतिक्रिया दिनुहोस्