“नया”को क्रुज पार्टि ११ मार्चमा, सहयोग संकलन परोपकारमा - दर्पण संसार

“नया”को क्रुज पार्टि ११ मार्चमा, सहयोग संकलन परोपकारमा

सत्यप्रकाश कँडेल , सिड्नी । नेप्लिज अस्ट्रेलियन युथ एसोसियसनको (नया) स्थापना २०१३ मा भएको हो । त्यस यता संस्थाले खेलकुद, स्वास्थ र बिद्यार्थी केन्द्रित गतिबिधिका लागि विभिन्न काम गर्दै आएको छ । कोभिड महामारीका कारण पछिल्लो समयमा नियमीत हुन नसकेको नयाको प्रस्तावित कार्यक्रम फेरी शुरु हुन लागेको हो ।

मनोरन्जनात्मक पारिवारिक बाताबरणमा आत्मियताका साथ रमाउने उदेश्य सहित आयोजना गरिएको क्रुज पार्टीमा सहभागि हुन संस्थाले सबैमा अनुरोध गरेको छ।

कार्यक्रम संयोजक अर्जुन गौतमका अनुसार संस्थाले नेपालबाट आएका अभिभावकहरु लाई सम्मान सहित कार्यक्रमको सहभागिता शुल्कमा बिशेष छुटको ब्यबस्था गरेको छ । अभिभावकका लागि टिकट शुल्क ४० डलर मात्रै तोकिएको छ भने अरु आगन्तुकको लागि प्रति ब्यक्ति ७० डलर, ५ -१५ बर्षका लागि ४० डलर र ५ बर्ष मुनिकाको लागि निशुल्क प्रवेशको ब्यबस्था गरिएको छ।

संस्थाका अध्यक्ष निजन चौलागाईले बिगतमा संस्थाले गरेका सामाजिक , अर्थपूर्ण र उपलब्धि मुलक कार्यक्रमहरु लाई नयाले निरन्तरता दिदै आगामि दिनमा हुने संस्थाको गतिविधिमा सहभागी हुन सम्पूर्णमा अनुरोध गर्दै मार्च ११ को कार्यक्रम सफल बनाउन सबै एकजुट भएर लाग्न अनुरोध गरेका छन्।

टिकट अनलाईन लिन तलको लिङ्क खोल्नुहोला https://ticketplus.com.au/event/nepalese-cruise-party  

पूर्ण पारिवारिक वातावरणमा सम्पन्न हुने उक्त क्रुज पार्टीमा विविध सांस्कृतिक कार्यक्रम सहित, डिजे, बालबालिकाका सहभागिता मुलक प्रतियोगिताहरु र लक्कि ड्र लगायतका कार्यक्रमले मनोरञ्जन प्रदान गरिने छ। मनोरञ्जनात्मक कार्यक्रम र सुन्दर हार्वरको दृश्यावलोकन कार्यक्रमको आर्कषण पक्ष रहनेछ ।

बेकर डिलाइटले मुख्यतः प्रायोजन गरेको क्रुज पार्टीका लागि बोर्डिंग समय एघार मार्च साँझ पाँच बजे किङ्ग स्ट्रिट राफ नम्बर एक डार्लिङ्ग हर्बर रहेको छ । छ बजे क्रुज गन्तब्यको लागि प्रस्थान गरि सक्नेछ।

कार्यक्रम बारे टिकट एबं अन्य जानकारीका लागि अर्जुन चौलागाई – 0416 844 351, निजन चौलागाई- 0421 135 267, बिपिन थापा- 0412 764 216, सत्य प्रकाश -0412536582 लाई सम्पर्क गर्न अनुरोध गरिएको छ। 

https://ticketplus.com.au/event/nepalese-cruise-party बाट पनि टिकट बुक गर्न सकिने छ ।

प्रतिक्रिया दिनुहोस्