काठमाडौंमा दुर्गा प्रसाइँको महाअभियानको प्रदर्शन, घन्कियो ‘राजा आऊ, देश बचाऊ’ नारा - दर्पण संसार

काठमाडौंमा दुर्गा प्रसाइँको महाअभियानको प्रदर्शन, घन्कियो ‘राजा आऊ, देश बचाऊ’ नारा

काठमाडौं । व्यवसायी दुर्गा प्रसाइँ नेतृत्वको राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियानले काठमाडौंमा प्रदर्शन गरेको छ । संघीयता खारेजी र हिन्दु राष्ट्र कायम गर्ने माग राख्दै प्रदर्शन गरिएको हो । माइतीघरमा भेला भएर नयाँ बानेश्वरसम्म प्रदर्शन गरिएको हो ।

महाअभियानले बैंकको ब्याजदर घटाउनु पर्ने, २० लाखम्म ऋण मिनाहा गर्नुपर्ने लगायतका माग पनि राखेको छ । ५ प्रतिशत ब्याजमा ऋण पाउनु पर्ने माग पनि प्रसाइँको छ । महाअभियानले १५ बुँदे माग पनि अगाडी सारेको छ ।

प्रदर्शनमा सहभागीहरुले नेपाललाई हिन्दु राष्ट्र कायम गरिनुपर्ने, संघीयता खारेज गर्नुपर्ने भन्दै राजतन्त्रको पक्षमा नाराबाजी गरेका छन् । प्रसाइँले आफ्नो महाअभियानमा संलग्नहरुलाई राजतन्त्रको नारा नलगाउन पनि आग्रह गरेका छन् । कार्यक्रममा पूर्वराजा ज्ञानेन्द्र शाह सहभागी नभएपछि प्रसाइँ यस्तो बताएका हुन् ।

प्रदर्शनमा उनका समर्थकहरुले ‘राजा आऊ, देश बचाऊ’ जस्ता नारा लगाएका थिए । राजतन्त्र चाहिए पूर्वराजा र उनका परिवारका सदस्यहरु पनि आफ्नो आन्दोलनमा सहभागी हुनुपर्ने शर्त राख्दै प्रसाईँले राजतन्त्रको नारा नलगाउन भनेका हुन् । पूर्वराजा शाहलाई उपस्थित गराई झापाबाट सुरु भएको प्रसाईको अभियानले देशका विभिन्न शहरमा प्रदर्शन गरिसकेको छ ।

प्रतिक्रिया दिनुहोस्