नेपाली जनसम्पर्क समिती बेलायतले क्षेत्रीय समितिहरु बिस्तार गर्दै - दर्पण संसार

नेपाली जनसम्पर्क समिती बेलायतले क्षेत्रीय समितिहरु बिस्तार गर्दै

लण्डन । नेपाली जनसम्पर्क समिति बेलायतको भेलाले संयुक्त राज्य (बेलायत)को ४ ओटै राज्यहरुमा क्षेत्रीय समितिहरु बिस्तार गर्ने निर्णय गरेको छ।

समितिका सभापति महेश कुमार दाहालको अध्यक्षतामा भएको भर्चुवल भेलामा उपस्थित नेता तथा कार्यकर्ताहरुले नेपाली कांग्रेसको विधान र सहमति अनुरुप संस्था अघि बढ्नु पर्नेमा जोड दिएका थिए ।

भेलालाई सम्बोधन गर्दै दाहालले पार्टीको विधान र निर्देशनलाई पालना गरेर आफुले क्षेत्रीय समितिहरु बिस्तार गर्न लागेको बताए ।

भेलामा उपस्थित सदस्यहरुले असन्तुष्ट गुरुङ पक्षलाई नि सहमतिमा लेराउन सभापति दाहाललाई आग्रह गरेका थिए ।

महामन्त्रीद्वाय कुश बस्नेत र रेशम बस्यालद्वारा संचालित सो भर्चुवल भेलाले नेपाली जनसम्पर्क समिति बेलायतको प्रवक्तामा मन्दिप केसीलाई नियुक्ति गरेको छ ।

भेलामा समितिका नेताहरु राजकुमार त्रिपाठी ,अर्जुन कटुवाल, एनआरएन यूकेका निबर्तमान संरक्षक शेर सुनार ,विधान समिति संयोजक शिब जी श्रेष्ठ,चीरनज़ीबी ढकाल ,थर्का सेन , पुर्व महामन्त्री केशव भण्डारी , एनआरएन यूकेका प्रवक्ता ससंका शर्मा नेपाली जनसम्पर्क समिती बेलायतका उपसभापतिहरु राज सिटौला , आलेख चौहान लगायत कार्यसमितिका पदाधिकारी तथा क्रियाशिल सदस्यहरुको उपस्थिती रहेको जनसम्पर्क समिति बेलायतले जनाएको छ ।

 

"

प्रतिक्रिया दिनुहोस्